सुदूरपश्चिममा विपद्‍का घटनाबाट २७ जनाको मृत्यु, ८ करोड बढीको क्षति

dream cafe
learnar

धनगढी:  सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्राकृतिक विपद्का घटनामा परि २७ जनाको मृत्यु भएको छ। भने ८ करोड ५२ लाख मूल्यको धनमाल नष्ट भएको छ।

चालु आर्थिक वर्षको साउनदेखि माघ चौथो साता (मंगलबार २२ गते) सम्म प्राकृतिक विपद्का घटनाबाट आठ करोड ५२ लाख ४६ हजार मूल्यको धनमाल नष्ट भएको अनुमान गरिएको हो।

Ird

यो अवधिमा पहिरोबाट ६ लाख २५ हजार मूल्यको धनमाल नष्ट भएको छ। पहिरोका ५३ घटना घटेका छन्। पाँच महिलासहित ६ जनाको मृत्यु भएको छ।

पहिरोबाट १८ जना घाइते भएका छन् भने एक सय १७ परिवार प्रभावित बन्न पुगेका छन्।

सुदूरपश्चिम प्रदेश आपत्कालिन कार्य सञ्चालक केन्द्रले संकलन गरेको विवरणमा उल्लेख भए अनुसार १४ वटा चट्याङका घटना घटेका छन्।

यस्तै पहिरोबाट ४० पशुचौपायामा क्षति पुगेको छ। चट्याङबाट तीन पुरुष र २ महिलाको मृत्यु भएको छ। चट्याङबाट १० लाख ५० हजार मूल्यको धनमाल नष्ट भएको छ।

आगलागीका ९९ घटना सुदूरपश्चिममा सात महिनाको अवधिमा ९९ वटा आगलागीका घटना भएका छन्।

HARDIK AGRo NEw

आगलागीबाट एक महिलाको मृत्यु भएको छ भने, आठ करोड १३ लाख ३६ हजार मूल्यको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश आपत्कालिन कार्य सञ्चालक केन्द्रले संकलन गरेको विवरणमा उल्लेख गरेको छ।

हावाहुरीबाट ७ लाख, भारी वर्षाबाट १२ लाख ६० हजार, अन्य विपद्बाट २ लाख २५ हजार र जंगल आगलागीबाट ५० हजार मूल्यको क्षति भएको केन्द्रले जनाएको छ।

विपद्का घटनाबाट सो अवधिसम्म ११ पुरुष र १६ महिला गरेर २७ जनाको मृत्यु भएको छ।

एक वर्षमा ५४ पटक गएको भूकम्पमा परी २९ जना घाइते भएको सो विवरणमा उल्लेख छ। यस अवधिमा विपद्का विभिन्न घटनाबाट १ सय ४४ घर पूर्ण रूपमा क्षति भएका छन्।

यस्तै, ८ सय २१ घर आंशिक क्षति भएका छन् भने ९६ गोठमा क्षति भएको छ।

विपद्का कारण ४ सय ५४ पशु चौपाया मरेका छन्। एक वर्षको अवधिमा १२ करोड ७५ लाख ४२ हजार क्षति भएको अनुमान गरेको छ।

यस्तै, २०८० साउन १ गतेदेखि २०८१ असार ३० गतेसम्मको विवरण हेर्दा बाढी र पहिरोमा परी सात जनाको ज्यान गएको छ। बाढी र पहिरोमा परी १५ जना घाइते भएका छन्।

सो अवधिमा जंगली जनावरको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् भने ४७ जना घाइते भएका छन्। यस्तै लेक लागेर एक जना र भूकम्पबाट एक जनाको ज्यान गएको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.