रवि प्रकरण : संगठित अपराध मुद्दा दर्ता नगर्दा सरकारी वकिलको सरुवा

dream cafe
learnar

चितवन : सहारा सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भए लगत्तै चितवनका जिल्ला न्यायाधीवक्ताको सरुवा भएको छ।

हिजो लामिछानेसहित २० जनालाई ठगी र १२ जनालाई संगठित अपराधमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

उक्त मुद्दामा प्रहरी प्रतिवेदनले लामिछानेलाई संगठित अपराध र ठगी दुवै मुद्दा लगाउन सुझाव दिएको थियो।

अजयमेरु फाैजी केरा

तर, जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछाने एउटा मात्रै संस्थामा आबद्ध देखिएकोले कानुनले व्याख्या गरेको संगठित अपराधको परिभाषाभित्र उनको अपराध नदेखिने निक्र्यौल गरी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको थियो।

यद्यपि लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कमा आबद्ध तीन जना भने गोर्खा मिडिया बाहेक अन्य संस्थामा पनि आबद्ध रहेको देखिएकोले उनीहरूलाई संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो।

लुइँटेलले मुद्दा दर्ता भएको केही बेरमा नै महान्यायाधीवक्ताको आदेशमा काठमाडौँ तानिएको बुझिएको छ।

उनलाई महान्यायाधीवक्ताको कार्यालयमा तान्नेगरि सरुवा गरिएको पत्र हिजै पठाइएको बुझिएको छ।

सरुवाको पत्र प्राप्त भए लगत्तै रवि लामिछानेसहितको ठगी तथा संगठित अपराधको मुद्दामा उनले बहस नगर्ने भएका छन्।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.