कैलालीमा भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली पक्राउ

dream cafe
learnar

धनगढी : कैलालीको धनगढीबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१९ बाट दुई भारतीय नागरिकसहित तीन जना पक्राउ परेका हुन्।

बोहरा मेडिको सेन्टर

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराका अनुसार भारतको लखिमपुर खिरी नौसर गुलरिया बस्ने ३२ वर्षीय रियासद अली, लखिमपुर खिरीकै ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका– १९ का ३९ वर्षीय गुरुप्रसाद चौधरीलाई पक्राउ गरिएको हो।

उनीहरूको साथबाट दुई थान भरुवा बन्दुक र एक थान चक्कु बरामद गरिएको डीएसपी बोहराले जानकारी दिए। विशेष सूचनाको आधारमा जिल्ला, प्रदेश र संघीय प्रहरीको टोलीले तीनै जनालाई पक्राउ गरिएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.