३५ लाख खर्चेर सुदूरपश्चिम सरकारले कृषि तथा पशुपन्छी मेला गर्दै

dream cafe
learnar

धनगढी : धनगढीमा प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला आयोजना हुने भएको छ।

सुदूरपश्चिम सरकारको आयोजनामा पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला तथा प्रदर्शनी हुने भएको हो।

GBL NEW

प्रदेशको ९ वटै जिल्लाका कृषकहरूको सहभागितामा माघ २६ देखि ३० गतेसम्म कृषि तथा पशुपन्छी प्रदर्शनी हुने भएको हो।

कृषि विकास निर्देशनालयका प्रमुख निर्देशक खगेन्द्र प्रसाद शर्माका अनुसार मेलामा कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने छ।

प्रदेश सरकारले कृषिमा गरेको लगानीको प्रतिफलको मूल्याङ्कन गर्न र थप सम्भावनाको खोजी गर्ने उद्देश्यका साथ निर्देशक शर्माको भनाइ।

प्रदेश सरकारको ३५ लाख बजेटमा आयोजना हुने मेलामा १५० वटा निःशुल्क स्टलको व्यवस्था रहने भएको छ।

मेलामा ९ वटै जिल्लामा उत्पादित रैथाने तथा स्थानीय कृषि, पशुपन्छी र मत्स्यजन्य बाली र वस्तुहरूको प्रदर्शन हुने भएको छ। साथै मेलामा हरेक दिन कृषि सम्बन्धी नवीनतम प्रविधिको विषयमा जानकारी दिइने छ।

यसैबिच कृषि विज्ञहरूसँग कृषकलाई राखेर कृषि तथा पशुपन्छी क्षेत्रमा नवीनतम प्रविधि र अनुसन्धानबारे बहस र छलफल समेत गरिने कृषि विकास निर्देशनालयले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.