कञ्चनपुर कलौनी मृत्यु प्रकरण : फरेन्सिक परीक्षण रिपोर्ट कुर्दै प्रशासन

dream cafe
learnar

कञ्चनपुर : कञ्चनपुरस्थित नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनी मृत्यु प्रकरणको अनुसन्धानका लागि फरेन्सिक परीक्षण रिपोर्ट कुरिरहेको छ।

घटनास्थलको मुचुल्का तयार पारेर अनुसन्धान अगाडि बढाएको प्रशासनले निष्कर्षमा पुग्नका लागि फरेन्सिक परीक्षणको रिपोर्ट कुरिरहेको हो।

Ird

फरेन्सिक परीक्षण रिपोर्ट आएपछि अनुसन्धान प्रक्रिया रिपोर्टका आधारमा अगाडि बढ्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए।

उनका अनुसार नेपालगन्जबाट आएको डाक्टरको प्राविधिक टोलीले कलौनीको फरेन्सिक परीक्षणको काम गरेको छ। त्यसको रिपोर्ट भने आउन बाँकी छ।

यसै गरी पोस्टमार्टमपश्चात् प्रहरीले परिवारलाई शव जिम्मा लगाएको थियो। उनले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको उल्लेख गरे।

भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चोकनजिक सडक पेटीमा शनिबार बिहान कलौनी मृत अवस्थामा फेला परेेका थिए।

HARDIK AGRo NEw

उनको शव घोप्टो परेको अवस्थामा रहेको थियो। कांग्रेस नगर सभापति कलौनीको मृत्युपछि गृहजिल्ला भएका कारण गृहमन्त्री रमेश लेखक कञ्चनपुर आएका थिए।

उनले आइतबार मृतकको घरमा पुगेर शोकाकुल परिवारलाई सहानुभूति प्रदान गर्ने काम गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए।

गृहमन्त्री लेखकले कलौनीको पार्थिव शरीरमा झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन्।

श्रद्धाञ्जली सभामा कांग्रेसका नेता, कार्यकर्तासहित सर्वसाधारणको उपस्थिति रहेको थियो। श्रद्धाञ्जलीपछि महाकाली नदीमा उनको अन्त्येष्टि गरिएको छ।

नेपाली कांग्रेस कञ्चनपुरले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।

सो पार्टीले शोक विज्ञप्ति जारी गर्दै नेता कलौनीको निधनले नेपाली कांग्रेस परिवार अत्यन्त दुखित, मर्माहित र स्तब्ध भएको जनाएको छ।

उनको निधनले नेपाली कांग्रेसले एक होनहार, प्रतिभावान् युवानेता गुमाएको विज्ञप्तिमा उल्लेख छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.