प्रेमिका भेट्न गएका दिनेशको शंकास्पद मृत्यु, प्रेमिकासहित दुई युवक खोरमा

dream cafe
learnar

काठमाडौं : टेलिफोन र सामाजिक सञ्जालबाट प्रेममा जोडिएका भोटेकोशी गाउँपालिका– १, सेमुङनिवासी २० वर्षीय दिनेश विकको केटीसाथीसँग भेटपछि शंकास्पद मृत्यु भएको छ।

प्रहरीले कोदारी सडकको नालीमा उनको शव फेला पारेको हो।

Arthik

अचेत अवस्थामा रहेका उनलाई बाह्रबिसेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ।

एक सातापछि विदेश जाने भिसा मिल्ने भएकाले घरमा रहेकी आमालाई भेट्न विक काठमाडाैंबाट केही दिनअघि गाउँ आएका थिए।

खाद्य

बालकमै बुबा गुमाएकाले प्लस टु अध्ययनपछि काम गर्न काठमाडौं गएका थिए। घर आएका वेला विक शुक्रबार ठुलोबुबाको छोरा १७ वर्षीय सुरेश विकलाई लिएर प्रेमिका भेट्न तातोपानीतर्फ लागेका थिए।

परिवारले घटना शंकास्पद रहेको भन्दै छानबिनको माग गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत इन्स्पेक्टर वीरेन्द्रकुमार यादवले दिएको जानकारीअनुसार घटना शुक्रबार मध्याह्नतिरको हो।

भोटेकोशी गाउँपालिका–२, कोदारी बस्ने प्रेमिका भेट्न दिनेश कोदारी माध्यमिक विद्यालयमुनि रहेको हेलिप्याड भ्युटावरमा पुगेका थिए।

विक पुगेको आधा घण्टापछि प्रेमिका आइपुगेकी थिइन्। प्रहरीले अनुसन्धानका लागि विककी प्रेमिका र अन्य दुई युवकलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कोदारीकी इन्स्पेक्टर सञ्जिता श्रेष्ठ र इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्स्पेक्टर सुमेश पाण्डेको संयुक्त प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। इन्स्पेक्टर पाण्डेले हालसम्म कुनै तथ्य प्रमाण फेला नपरेको बताए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.