अर्जुन ट्रफी आजदेखि, उद्घाटन खेलमा ललिल र कुशल आमनेसामने

dream cafe
learnar

डडेल्धुरा : नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेण्डरमा समावेश अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुँदै छ।

प्रतियोगिताको उद्घाटन खेलमा डीसीए धनगढी र फेण्ड्स क्लब डडेल्धुरा आमने सामने हुँदैछन्। खेल दिउँसो १२:१५ बजे शुरू हुनेछ।

GBL NEW

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गर्दैछन्। ट्रफी अनावरण भने मुख्यमन्त्री कमलबहादुर शाहले गरेका थिए।

डीसीए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललील राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठलगायत खेलाडी मैदान उत्रिने छन्।

यस्तै फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्नेछन्। समूह ए मा रहेका दुवै टोली जितबाट प्रतियोगिताको शुरूआत गर्ने पक्षमा छन्। प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरूको सहभागीता रहेको छ।

सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा डीसीए धनगढी, फ्रेण्ड्स युथ क्लब डडेलधुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा तथा समूह ‘बी’मा सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यु होराईजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन्।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको उद्घाटन समारोहमा चर्चित गायक चक्र बमको पनि प्रस्तुति रहने छ। प्रतियोगितामा दर्शकलाई थप आकर्षित गर्न विभिन्न योजना ल्याइएको आयोजक गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.