बोहरा मेडिको सेन्टर

एलिनाले हालिन पति बिष्णुबिरुद्ध सम्बन्धविच्छेदको मुद्दा, अंश नलिने गरगहना नदिने !

dream cafe
learnar

काठमाडौं : विवाह भएको एक वर्ष नबित्दै गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन्।

पति विष्णु सापकोटालाई विपक्षी बनाएर चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन्।

CNA

पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ।

‘कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका-उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घर आइज भनी मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव भइरहन्थ्यो,’ फिराद पत्रमा चौहानले लेखेकी छन्, ‘त्यस्तैमा ३ महिनाको बसाइपछि म नेपाल फर्किएँ। नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न सकेन।’

GBL NEW

उनले विपक्षीलाई अदालतमा झिकाइ प्रमाण बुझेर सम्बन्धविच्छेद गराइदिन माग गरेकी छन्।

उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई यही २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए। एलिनाका पति अस्ट्रेलियामा बस्छन्।

उनले पतिको अंश वा माना चामल कुनै नलिने र आफूसँग भएका गरगहना नदिने पनि फिराद पत्रमा उल्लेख गरेकी छन्।

केही समयअघिदेखि यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा चलिरहेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.