

काठमाडौं : गाजास्थित हमास समूहले थप ८ बन्धकलाई मुक्त गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमासले बिहीबार साँझ ५ जना थाई र ३ जना इजरायली नागरिकलाई अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा रिहा गरेको हो।


तर हमासले नेपाली नागरिक विपिन जोशीलाई छाडेन।
सट्टामा इजरायलले पनि बिहीबार साँझ ११० जना प्यालेस्टिनीलाई जेलमुक्त गरेको छ।
इजरायल र प्यालेस्टिनी हमास समूहबीच जनवरी १९ देखि युद्धविराम भएको छ। त्यसयता दुवै पक्षले आआफ्ना नियन्त्रणमा रहेका मानिसलाई सट्टाका रूपमा मुक्त गरिरहेका हुन्।
