अछाममा फुपू-भदैको हत्या पुष्टि, प्रमाण संकलन पश्चात् हत्यारा सार्वजनिक हुने

dream cafe
learnar

अछाम : अछाममा दुई जना किशोरी मृत्यु प्रकरण हत्या नै भएको प्रहरीले ठहर्याएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी,प्रदेश प्रहरी कार्यालय र अछाम प्रहरीले संयुक्त रूपमा अनुसन्धान गरिरहेको उक्त हत्याकाण्डको आरोपी चाँडै सार्वजनिक गर्ने तयारी प्रहरीको छ।

Amargadhi Education

जिल्लाको ढकारी गाउँपालिका ८ की सरस्वती खड्का र ईशरा खड्काको शव गएको शनिवार ढकारी १ को चिन्ने ओडार जङ्गलमा फेला परेको थियो।

उनीहरू फूपू-भदै हुन्।

उक्त हत्याकाण्डको अनुसन्धानमा रहेको प्रहरीले केही दिनमा हत्यारा सार्वजनिक गर्ने तयारी गरेको हो।

अजयमेरु फाैजी केरा

बुधवार मृतकका आफन्त भेट्न ढकारी पुगेका प्रदेश प्रहरी प्रमुख डिआइजी गणेश चन्दले हत्यारालाई कानुनी कारबाही हुने बताए।

उनले उक्त घटना हत्या भएको सङ्केत गर्दै भने ‘हामी अपराधीलाई छोड्दैनौँ,अपराधीलाई कडा कारबाही हुन्छ। बरु आशङ्का लागेका अन्य व्यक्तिको जानकारी हामीलाई दिनुस्।’

डिआइजी चन्दको उक्त भनाइमा किशोरीको मृत्यु दुर्घटना नभएको पुष्टि भएको छ।

अछाम प्रहरीको हिरासतमा रहेका दुई जनाले समेत घटनामा आफ्नो संलग्नता स्वीकार गरेको श्रोतले बताएको छ।

उनीहरूले साबिती बयान दिए पनि प्रहरीले प्रमाण सङ्कलन गरिरहेको बुझिएको छ।

आफन्तले हत्या नै भएको दाबी गरेर दुई जनाविरुद्ध किटानी जाहेरी गरेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.