बोहरा मेडिको सेन्टर

सशस्त्र प्रहरीमा तालिमवापत अंक बढाइयो, विूभषणको नम्बर हट्ने

dream cafe
learnar

काठमाडौं : सशस्त्र प्रहरी बलका कर्मचारीको बढुवामा तालिमवापत उच्च अंक राखिएको छ। यसअघि १३ अंक रहेकोमा बिधेयकमा नौ अंक बढाइएको छ।

सय पूर्णाङकमध्ये कार्यासम्पादन मूल्याङकनवापत ४०, ज्येष्ठतावापत २५ र तालिमवापत २२ अंक राखिएको छ।

CNA

बढुवा समितिले दिने अंक तीन नम्बर घटाइएको छ भने बिशेष जिम्मेवारी तथा चुनौतीपूर्ण काम गरेवपात र शैक्षिक योग्यताको ५–५ नम्बर राखिएको छ।

GBL NEW

बढुवामा भौगोलिक क्षेत्रमा काम गरेवापतको आठ र विभूषणवापतको दुई नम्बर हटाइएको छ।

तालिमतर्फ दर्जागत अनिवार्य तालिमको नौ, कुदै दुई सेवाकालिन तालिमको १२ र कुनै एक दर्जागत अनिवार्य तालिममा प्रशिक्षक योग्य ग्रेडिङ प्राप्त गरे एक नम्बर प्रदान गरिने उल्लेख छ।

यसअघि कार्यसम्पादन मूल्याङकन ४०, ज्येष्ठता २०, भौगोलिक क्षेत्रमा काम गरेवापत आठ, शैक्षिक योग्यताको सात, तालिमको १३, बिशेष जिम्मेवारीको पाँच, विभूषणको दुई र बढुवा समितिले पाँच अंक दिने प्रावधान थियो

बढुवालाई थप पारदर्शी बनाउन यस्तो प्रावधान राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.