डडेल्धुरा हुँदै कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू

dream cafe
learnar

डडेल्धुरा : अछामको कमलबजारबाट दैलेखको साँइखोला जोड्ने ३३ केभी प्रसारण लाइन विस्तारको काम फेरि शुरू भएको छ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ साँइगाउँका स्थानीय बासिन्दाले आफ्नो गाउँमा बिजुली नबाल्दासम्म लाइन विस्तार गर्न नदिने अडान राखेपछि अवरुद्ध भएको प्रसारण लाइन विस्तारको काम सहमतिपछि पुनः शुरू भएको हो।

GBL NEW

स्थानीयवासीसँगको छलफल र सहमतिले तत्काललाई समस्या समाधान भएको कालीकोट विद्युत् वितरण केन्द्र प्रमुख हरेन्द्र राय यादवले बताए।

मुगु, जुम्ला र कालीकोटमा बिजुली खपत बढ्न थालेपछि कालीकोट वितरण केन्द्रले डडेल्धुराबाट अत्तरिया हुँदै कमलबजार जोड्ने ३३ केभी प्रसारण लाइन प्रयोगमा ल्याएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.