इजरायली अधिकारीहरूले भने- विपिन जुनसुकै बेला रिहा हुन सक्छन तयारी अवस्थामा रहनू

learnar

काठमाडौं : इजरायली अधिकारीहरूले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जुनसुकै बेला रिहा हुन सक्ने भएकाले तयारी हालतमा रहन खबर पठाएका छन्।

तर, उनको रिहाइ कहिले हुने भन्नेबारेमा नयाँ जानकारी भने प्राप्त हुन नसकेको इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन्।

Ird

‘विपिन जोशी जुनसुकै बेला छुट्न सक्ने भएकाले तयारी अवस्थामा रहनू भन्ने खबर आएको छ। त्यसबाहेक नयाँ कुरा केही भनिएको छैन,’ राजदूत पण्डितले भने।

Ghatal Sta

राजदूत पण्डितका अनुसार बुधबार राति उनले इजरायली अधिकारीहरूसँग जोशीको अवस्थाबारे बुझ्ने कोसिस गरेका थिए।

त्यस क्रममा इजरायली अधिकारीहरूले बिहीबार तीन इजरायली र पाँच थाई नागरिक छुट्न सक्ने जानकारी दिएको उनले बताए।

‘त्यसो भयो भने एक थाई र हाम्रा विपिन जोशी गरी दुई जना विदेशी नागरिक बन्धक बाँकी रहने अवस्था हुन्छ। आज विपिन जोशी छुटेनन् भने शनिबार हुने अर्को आदानप्रदानमा उनी छुट्छन् भन्ने आशा छ,’ पण्डितले बिहीबार दिउँसो बीबीसीसँग भनेका छन्।

‘बुधबार राति पनि मैले यहाँका प्रधानमन्त्रीज्यूको बन्दीहरूसम्बन्धी हेर्ने अधिकारीलाई सम्पर्क गरेको थिएँ। उनले अहिलेसम्म हामीसँग कुनै पनि अपडेट छैन भने। त्यसैले विपिन कहिले छुट्छन् भन्ने आधिकारिक जानकारी अहिले मसँग छैन,’ पण्डितले अगाडि भने।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.