जागिरको नाममा ठगी बढेपछि प्रहरीको चासो

dream cafe
learnar

काठमाडौं : रोजगारी दिलाउने नाममा ठगी गर्ने क्रम बढेपछि प्रहरीले आम सर्वसाधारणलाई सचेत गराएको छ।

आकर्षक रोजगारीको प्रलोभन देखाएर गरिने ठगीबाट जोगिन प्रहरीले सतर्क गराएको हो।

अजयमेरु फाैजी केरा

प्रहरीका अनुसार पछिल्लो समय विभिन्न विदेशी आईडीबाट नेपालका सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगो प्रयोग गरेर रोजगारी दिने बहानामा ठगी गर्ने गरिएको छ।

‘पछिल्लो समयमा विभिन्न विदेशी आईडीहरुबाट नेपालमा रहेका सरकारी तथा निजी संघसंस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भइरहेको पाइएकाले यस किसिमका झुट्टा पोष्टहरुबाट सावधान रहनुहुन अनुरोध छ,’ सूचनामा उल्लेख छ।

त्यस्तै, ‘घरमै बसी रोजगारी’ भनि सम्बन्धित व्यक्तिको बैंक खाता विवरण लिई उक्त खातामा गैरकानूनी रकम जम्मा गरी अन्य खातामा कारोबार गर्न लगाएको गुनासो पनि बढेको प्रहरीले जनाएको छ।

प्रहरीले कोही कसैलाई आफ्नो खाताको विवरण नदिन पनि भनेको छ। साथै, ठगीमा परेमा प्रहरीको साईबर व्युरो वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा जाहेरी तथा निवेदन दिन अनुरोध गरिएको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.