कस्तो रहला आजको माैसम ?

dream cafe
learnar

डडेल्धुरा  : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ।

Bohora madico
HARDIK AGRo NEw

तराईका धेरै स्थानमा हुस्सु लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.