अमेरिकाले एक हजार बढी नेपालीलाई निष्कासन गर्दै

dream cafe
learnar

काठमाडौं : डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया तीव्र बनाएको छ।

यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ आप्रवासीहरूको संख्या सार्वजनिक भएको छ।

GBL NEW

आप्रवासी निष्कासन अभियानअन्तर्गत एक हजार ३६५ नेपाली निष्कासनमा पर्ने भएका छन्।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार एक हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने भएका हुन्।

कार्यालयले विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको संख्या सार्वजनिक गरेको हो।

अमेरिकाबाट निष्कासन हुनेमा सबैभन्दा धेरै होन्डुरसका दुई लाख ६१ हजार ६५१ जना, ग्वाटेमालाका दुई लाख ५३ हजार ४१३ जना, मेक्सिकोका दुई लाख ५२ हजार ४४ जना रहेका छन्।

यस्तै, चीनका ३७ हजार ९०८ जना र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने भएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.