बोहरा मेडिको सेन्टर

नेपाल प्रहरीमा रिक्त डीएसपीको पदसंख्या ७५ पुग्यो

dream cafe
learnar

काठमाडौं: नेपाल प्रहरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी)का ७५ दरबन्दी रिक्त भएका छन् ।

गत शुक्रबार मध्यराति प्रहरी प्रधान कार्यालय नक्सालले ३७ डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेसँगै रिक्त डीएसपीको पदसंख्या ७५ पुगेको हो।

CNA

यसअघि नेपाल प्रहरीमा ३८ डीएसपी रिक्त थिए। रिक्त डीएसपीको संख्या ७५ पुगेसँगै प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरबाट डीएसपी बढुवाको तयारी सुरु गरेको छ।

GBL NEW

अहिले डीएसपी बढुवाको मुख्य प्रतिस्पर्धामा २०७० मा इन्सपेक्टरमा भर्ना भएका टोलीहरु प्रतिस्पर्धामा छन्।

२०७० मा इन्सपेक्टरमा भर्ना भएका १४४ जनामध्ये यो ब्याचका अझै ७९ जना भने इन्सपेक्टरमै छन्।

२०७० को ब्याचबाट यसअघि दुई लटमा डीएसपी बढुवा भइसकेको छ।

पहिलो लटमा २२ जेठ २०८० मा २०७० को ब्याचका ४६ जना डीएसपीमा बढुवा भएका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.