

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ का स्थानीयले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चाेमेन्द्र न्याैपानेलाई ज्ञापनपत्र बुझाएका छन्।
आज (बुधबार) जिल्ला प्रशासन कार्यालयमा पुगेर उनीहरूले सीडीओ न्याैपानेलाई ज्ञापनपत्र बुझाएका हुन्।

विगत २०/२५ वर्षदेखि ग्रामीण भेगमा चल्दै आएका सवारीसाधन (लोकल गाडी) अवरुद्ध रहेको र चल्ने सवारीसाधनले मनलाग्दी भाडा लिने गरेको गुनासो ज्ञापनपत्रमा छ।

गन्यापधुरा गाउँपालिका-३ टोल विकास मञ्चले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘जिल्ला सदरमुकाम जाँदा ४/५ हजार रुपैयाँमा बुकिङ गर्नुपर्छ या त महङ्गो भाडा तिर्नुपर्छ। आम नेपाली जनताको जीवनस्तर चिल्लो सडक र चिल्लो गाडीमा चढ्ने हैसियत छैन्।’
उनीहरूले तत्काल समस्या समाधान नभए सडकमा उत्रिने चेतावनी समेत दिएका छन्।
हेर्नुस् ज्ञापनपत्र
