सामाजिक सञ्जाल विधेयकमा पत्रकार महासंघको आपत्ति

dream cafe
learnar

काठमाडौं : नेपाल पत्रकार महासंघले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति आपत्ति जनाएको छ।

खाद्य

महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार विज्ञप्ति जारी गर्दै अगुवा नागरिक संस्था महासंघलगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघको गम्भीर असहमति र आपत्ति रहेको बताए।

Arthik

विज्ञप्तिमा भनिएको छ, ‘अतः महासंघलगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएर मात्र विधेयक अगाडि बढाउन महासंघ नेपाल सरकार र संघीय संसदसँग आग्रह गर्दछ।’

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.