अछाम घटना : एउटै चितामा फूपु–भदैको अन्त्यष्टि

dream cafe
learnar

अछाम: अछाममा शनिबार ‘शंकास्पद्’ मृत फेला परेका दुई किशोरी (फूपु–भदै)को अन्त्यष्टि गरिएको छ।

ढकेरी गाउँपालिका– ८ का १४ वर्षीया इसार खड्का र १५ वर्षीया सरस्वती खड्काको बुधबार गाउँकै बसाली खोलामा अन्त्यष्टि गरिएको हो।

GBL NEW

उनीहरू शुक्रबार (माघ ११ गते) बाख्रा चराउन ढकेरी– १को साडेसा सामुदायिक वनमा गएको अवस्थामा बेपत्ता भएका थिए। शनिबार खोजतलास गर्दा दुवै जना क्षतविक्षत अवस्थामा मृत भेटिएका थिए।

त्यसपछि उनीहरूको भेरी अस्पताल नेपालगञ्ज बाँकेमा पोष्टमार्टम गरी बुधबार अन्त्यष्टि गरिएको वडा नम्बर–८ का अध्यक्ष उद्‌वराज उपाध्यायले जानकारी दिए।

पोष्टमार्टम रिपोर्ट आइसकेको छैन। अहिले गाउँ शोकमा रहेको छ। दुवै किरोकीमा बुबा राजगारीका लागि भारतमा थिए। वडाध्यक्ष उपाध्यायका अनुसार उनीहरू घर आएपछि दुवै किशोरीको एकै चितामा अन्त्यष्टि गरिएको छ। ढकेरी– १ अछामको सदुरमुकाम मङ्गलसेनदेखि करिब ५०–५५ किलोमिटर दक्षिणतर्फ पर्छ।

शंकास्पद मृत फेला परेका किशोरीको मृत्युको कारण भने खुलेको छैन। परिवारले भने अहिले हत्या भएको दाबी गरेको छ। ‘हत्याबाहेक त्यहाँ अरु कारण कुनै छैन। दुवै जनाको अनुहार क्षतविक्षत छ। शरीरका अन्य भागमा पनि चोट छ’, मृतक सरस्वतीका काका नाता पर्ने शेरबहादुर खड्काले भने।

उनी दुवै जनालाई कसैले हत्या गरेर फालेको दाबी गर्छन्। ‘त्यहाँ ढुङ्गा आउने ठाउँ पनि छैन। जङ्गल छ। त्यसैल ढुङ्गा आयो र त्यसैले लागेर मृत्यु भयो भन्ने ठाउँ पनि छैन’, उनले भने ‘लडेर भीरबाट छरिए भन्ने अवस्था पनि छैन। यस्तोमा हत्याबाहेक अरु त केही देखिदैन।’

उनका अनुसार सरस्वती र इसराको शव १५ मिटरको दुरीमा छुट्टाछुट्टै भेटिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.