शक्ति गाैचन बुटबलबाट अर्जुन ट्रफी खेल्ने

dream cafe
learnar

डडेल्धुरा : अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व क्रिकेटर शक्ति गाैचनले न्यू होराइजन बुटवलबाट खेल्ने भएका छन्।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा  माघ १९ देखि २८ सम्म प्रतियोगिता आयोजना हुन गइरहेको हो।

GBL NEW

शक्तिले २९ मंसिर २०७५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट शन्यासको घोषणा गरेका थिए।

उनले नेदरल्याण्डस्विरुद्ध जीवनकाे अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए।

शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी पनि हुन्।

लामो समयपछि शक्तिलाई फ्यानले मैदानमा देख्न पाउनेछन्। शक्ति आबद्ध न्यू होराइजन बुटबल समूह ‘बी’ मा रहेको छ।

उसले सीवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी र क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौंसँग खेल्ने छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.