
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हमासको कब्जामा रहेका विपिन जोशीलाई छुटाउने पहल गर्दिन इजराइलसँग अनुरोध गरेका छन्।

बुधबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा बताएका हुन्।
सम्मेलनमा सहभागी हुन आएका इजराइली राजदूत समुलिक एरी बासको ध्यानाकर्षण गराउँदै उनले सो कुरा राखेका हुन्।
