सेनाका पूर्वजमदार रवीन्द्र जेल चलान, रकम हिनामिनाको आरोप

dream cafe
learnar

काठमाडौं : नेपाली सेनाको कल्याणकारी कोषको रकम हिनामिनाको आरोपमा पक्राउ परेका पूर्वजमदार रवीन्द्र लुंगेली जेल चलान भएका छन्।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश हर्कबहादुर खत्रीको इजलासले उनलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो।

GBL NEW

सेनाको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई पक्राउ गरी आपराधिक विश्वासघात मुद्दा चलाएको थियो।

उनीमाथि डेढ करोड हिनामिनाको आरोप थियो।

सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत रहँदा उनले फर्जी चेकमार्फत रकम निकालेका हुन्।

तत्कालीन मेजर समीरकुमार गुरुङसँग मिलेर उनले यसरी कोषमा हिनामिना गरेका हुन्।

गुरुङ भने फरार छन्।

सेनाले महासेनानी उत्तम सापकोटाको अध्यक्षतामा कोर्ट अफ इन्क्वारी बोर्ड गठन गरी हिनामिनाको थप छानबिन गरिरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.