अछाम फुपू-भदै मृत्यु प्रकरण : प्रदेश र केन्द्रबाट खटाइयो अनुसन्धान टोली

dream cafe
learnar

अछाम: अछाममा मृत फेला परेका फुपू-भदै नाता पर्ने दुई किशोरी घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो कार्यालयबाट अनुसन्धान टोली परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरी प्रसाद भण्डारीका अनुसार प्रदेश र केन्द्रबाट अनुसन्धान टोली जिल्लामा पुग्दैछन्।

GBL NEW

घटनामा मृतकका आफन्तले दुई जना किशोरविरूद्ध कर्तव्य ज्यान विषयमा मुद्दा दर्ता गरेका छन्।

सोही मुद्दाको आधारमा प्रहरीले ढकारी गाउँपालिकाकै २० वर्ष उमेर मुनिका किशोरलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ।

उनीहरूमाथि थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्ने काम भइरहेको डिएसपी भण्डारीले बताए।

दुवै शवको सोमबार पोष्टमर्टमको काम सम्पन्न भएको र अब रिपोर्ट आउन बाँकी रहेको छ। रिपोर्टका आधारामा थप अनुसन्धान गर्न सहज हुने उनले बताए।

अछामको ढकारी गाउँपालिका–१ जंगलमा सोही गाउँपालिका ८ नम्बर वडाका १४ वर्षीया ईश्वरी खड्का र १५ वर्षीया सरस्वती खड्का शरीरमा चोटपटक लागेको अवस्थामा शनिबार साँझ फेला परेका थिए।

उनी शुक्रबार बाख्रा चराउन घरबाट जंगलमा गोठाला गएका थिए। शुक्रबार दिउँसोबाट सम्पर्कविहीन भएका उनीहरू जंगलमा २० मिटर दुरीमा मृत फेला परेका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.