नेकपा एस डडेल्धुराको इन्चार्जमा बिष्ट, सह-इन्चार्जमा को ?

dream cafe
learnar

डडेल्धुरा : नेकपा एकीकृत समाजवादीले डडेल्धुरा जिल्ला इन्चार्जको जिम्मेवारी नरबहादुर बिष्टलाई दिएको छ।

अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन ४ जारी गर्दै ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेका हुन्।

GBL NEW

जसअनुसार डडेल्धुरा जिल्ला इन्चार्जमा नरबहादुर बिष्ट, सह-इन्चार्जमा शकुन्तला नगरकोटी र कृतिका शर्मालाई तोकेको हो। यी तिनै जना एसका केन्द्रीय कमिटी सदस्य हुन्।

सो पार्टीले गत असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनपछि नेताहरूको जिम्मेवारी बल्ल तोकेको हो।

पार्टीले नेताहरूको जिम्मेवारी एक वर्षका लागि तोकेको जनाएको छ।

निर्धारित विधि र मापदण्ड अनुरूप हरेक ४ महिनामा कार्यसम्पादन मूल्याङकन गर्दै कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिम्मेवारी हेरफेर गर्ने सो पार्टीले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.