अछाम फूपू-भदै मृत्यु प्रकरण : डीएसपी भण्डारी माैन, किन दिन मान्दैनन् घटना विवरण ?

dream cafe
learnar

काठमाडौं : अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा चार जना किशोर पक्राउ परेका छन्।

आइतबार प्रहरीले ढकारी गाउँपालिकाका चारजनालाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो।

Arthik

अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले यो ‘रहस्यमय’ घटनाबारे आधिकारिक रूपमा बोल्न मानेका छैनन्।

उनले अनुसन्धान भन्दै तीन दिन बितिसक्दासमेत घटनाबारे आधिकारिक रूपमा जानकारी दिएका छैनन्। जिल्ला प्रहरी कार्यालय अछामले घटनाको विवरणसमेत बाहिर ल्याएको छैन।

ढकारी-१ को छिन्ने जंगलमा शनिबार साँझ ढकारी गाउँपालिका-८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का मृत फेला परेका थिए। मृतक दुबै जना फुपू-भदै हुन्।

टाउको र शरीरभरि चोट लागेको अवस्थामा दुवैको शव २० मिटर आसपास फेला परेको थियो। उनीहरू शुक्रबारै बाख्रा चराउन भनी जंगल गएका थिए।

खाद्य

पक्राउ परेका दुवैको १८ वर्षभन्दा मुनिका रहेकाले पहिचान खुलाइएको छैन। किशोरीसँगै उनीहरू गोठालो गएको प्रहरी स्रोतले बतायो।

डिएसपी भण्डारीले अहिलेसम्म घटनाको प्रकृतिबारे भन्न नसकिने बताए।

‘बलात्कार हो, हत्या हो केही भन्न सकिँदैन, पोस्टमार्टम रिपोर्ट आएपछि भन्न सकिन्छ,’ भण्डारीले भने, ‘पोस्टमार्टमका लागि शव नेपालगञ्ज पठाइएको छ।’

तीन दिनको अनुसन्धान कहाँ पुग्यो, घटनास्थलको प्रारम्भिक विवरण के हो भन्नेबारे समेत डिएसपी भण्डारी अनभिज्ञ देखिएका छन्।

जंगल गएका किशोरी एक दिनसम्म नआएपछि शंका लागेर स्थानीय खोजीमा निस्किँदा शव फेला पारेका थिए।

घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। किशोरीका परिवारले घटना शंकास्पद रहेको भन्दै गहिरो अनुसन्धान गर्न माग गरेका छन्।

किशोरीको शव भेटिएको माथिपट्टी भीर छ। माथिपट्टी भीरबाट ढुंगा झरेको देखिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.