अछाममा चितुवाको आक्रमणबाट सात बाख्रा मरे

dream cafe
learnar

अछाम : अछामको पञ्चदेवल विनायक नगरपालिका- ९ कालेकाँडामा चितुवाले आक्रमण गर्दा सात वटा बाख्रा मरेका छन्।

शनिबार राति स्थानीय कुशे भाटले पालेका सात वटा बाख्रा चितुवाले मारेको वडाध्यक्ष रामप्रसाद जैसीले जानकारी दिए।

Amargadhi Education
अजयमेरु फाैजी केरा

खोर भित्रै बाख्रा मारिएपछि भाटको झन्डै एक लाख रुपियाँभन्दा बढीको नोक्सानी भएको वडा कार्यालयको मुचुल्कामा उल्लेख छ।

कालेकाँडाका विभिन्न स्थानहरूमा बेला बेला चितुवाले पशु चौपाया मार्ने गरेको स्थानीयले जानकारी दिएका छन्।

गाउँमै बाख्रा पालेर व्यवसाय गरिरहेका भाटले बाख्रा पालन व्यवसायबाटै आफ्नो जीविकोपार्जन गरिरहेका थिए।

ठूलो क्षति हुनेगरी बाख्रा मरेपछि सम्बन्धित निकायबाट बाख्रा धनी भाटलाई राहत उपलब्ध गराइनुपर्ने विशेष बाख्रा उत्पादन कार्यक्रमका अध्यक्ष भरत कार्कीले बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.