पूर्वमुख्यमन्त्री सवार गाडी प्रकरण : दुई दिनपछि फेरि किन पक्राउ परे पन्त ?

Alital gaupalika
Jaladhar

कञ्चनपुर : पूर्वमुख्यमन्त्री एवं एमालेका पोलिटब्यूरो सदस्य राजेन्द्र सिंह रावललाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले स्थानीय व्यवसायी केशवराज पन्तलाई प्रक्राउ गरेको छ।

पूर्वमुख्यमन्त्री रावलले शनिबार बिदाका दिन अनुमतिविनै सरकारी गाडी चलाएको विषयमा रास्वपाका कार्यकर्ता र व्यवसायी पन्तबि भनाभन भएको थियो।

त्यसदिन रास्वपाले कञ्चनपुरस्थित पुर्वपश्चिम महेन्द्रराजमार्गअन्तर्गत दैजी क्षेत्रमा अनुमतिविना चलेका सरकारी सवारी साधन नियन्त्रणमा लिँदै प्रहरीलाई बुझाइरहेको थियो।

यही सिलसिलामा रास्वपाले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले पोलिटब्यूरो सदस्य रावल चढेको सुप प्रदेश ०१००झ ३१८ नम्बरको जिप रोकेको थियो।

त्यही क्रममा रास्वपा कार्यकर्तासहित व्यवसायी पन्तसँग रावलको भनाभन भएको थियो। रावलमाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले व्यवसायी पन्तलाई त्यसै दिन नियन्त्रणमा लिएर तीन घण्टापछि छाडिदिएको थियो।

तर, आज फेरि रिसबी साधेरे प्रहरीलाई पक्राउ गर्न लगाएको आरोप छ।

पन्तलाई प्रहरीले बोलाएका बखत उपस्थिति हुने गरेर रास्वपा बेदकोट नगर सभापति डम्बर भट्टका जिम्मा लगाएर प्रहरीले छाडेको थियो।

घटनापछि पूर्वमुख्यमन्त्री रावलको सचिवालयले रास्वपा नेता कार्यकर्ताले दुव्र्यवहार गरेको भन्दै प्रेस विज्ञप्ती जारी गरेर घटनाको छानबिनको माग गर्दै आएका छन्।

लगत्तै रास्वपा कञ्चनपुरले पनि सरकारी गाडी सुविधा नै नभएको र रावलमाथि दुव्र्यवहार नभएको भन्दै प्रेस नोट जारी गरेको थियो।

Ghatal Sta

घटनाको तेस्रो दिन सोमबार फेरी प्रहरीले ४७ वर्षीय पन्तलाई स्थानीय प्रहरीमार्फत नियन्त्रणमा लिएको छ।

रास्वपा कार्यकर्ता र दैजीका स्थानीय व्यवसायीहरूले प्रतिशोध साँधेको भन्दै प्रहरी र रावलप्रति आक्रोश पोखेका छन्।

प्रतिशोधमा पन्तलाई पक्राउ गरिएको भन्दै दैजी बजार व्यवस्थापन समितिले पूर्वपश्चिम महेन्द्रराजमार्गअन्तर्गत दैजी क्षेत्रमा टायर बालेर सांकेतिक विरोध गरेका छन्।

व्यवसायी समेत रहेका रास्वपा बेदकोट नगरका सभापति डम्बर भट्टले घरिघरी पक्राउ परेका पन्तको रिहाइको माग अघि सारेर केही बेर सडक बन्द गरेको बताए।

उनका अनुसार निसर्त रिहा नगरे मंगलबारदेखि थप आन्दोलन चर्काइने छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले पहिलो दिन पनि आवश्यक परेका बेला पन्तजीलाई हाजिरी हुने सर्तमा छाडिएको र थप घटनाबारे अनुसन्धानका लागि बोलाएको बताए।

प्रहरीबाट प्रतिशोध नभएको प्रवक्ता जोशीको दावी छ। व्यवसायी पन्तले भने आफु कुनै पनि पार्टीको सदस्यता नरहेको दावी गरेका छन्।

‘मेरो यो ४७ वर्षको उमेरमा मैले कुनै पनि पार्टीको सदस्यता लिएको छैन, लिएको कसैले प्रमाण दिए म त्यही झुण्डिदिन्छु,’ उनले भने, ‘यसअघि मन मिल्ने पार्टी र उम्मेदवारलाई भोट भने दिएको छु म एक व्यवसायी मात्रै हुँ मेरो दैजीमा यूके इन्जिनियरिङ्ग कन्सलटेन्सी वर्कसप छ।’

पन्त जय शंकर सामुदायिक वनको सचिव पनि हुन्। उक्त दिन वन अनुगमन थियो। अनुगमन सकेर रास्वपा बेदकोट नगरका सभापति डम्बर भट्ट, तेज सिंह ठकुल्लासहित फर्कदै थिए।

सोही क्रममा रास्वपा पार्टीले चलाएको अभियानमा पुगेको र सरकारी सम्पत्ति दुरुपयोग हुन् हुँदैन भन्ने मान्यता राखेको भनाइ छ।

व्यवसायी पन्तले भने, ‘त्यही बेला पूर्वमुख्यमन्त्री रावलको गाडी आयो, मैले रोकेकै हुँ। तर, दुव्र्यवहार गरेको थिइन, सरकारी साधनको दुरुपयोग गर्न पाइन्छ भनेर सोधेर अब उत्रिएर जानुपर्छ। निजी गाडी मगाएर जानु भनेको हुँ।’

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.