काठमाडौंमा धरौटीमा रिहा भएकी आशिकालाई भक्तपुर प्रहरीको जिम्मा लगाइने

dream cafe
learnar

काठमाडौं : आफूलाई सामाजिक अभियन्ता दावी गर्ने आशिका तामाङ प्रहरी हिरासतबाट रिहा भएकी छन्।

जिल्ला  प्रशासन कार्यालय काठमाडौँले १० हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी हिरासतबाट बाहिरिएकी हुन्।

GBL NEW

अभद्र व्यवहारको कसुरमा माघ २ गते पक्राउ परेकी तामाङमाथि गौशाला प्रहरी वृत्तले अनुसन्धान सकाएर हिजो जिल्ला प्रशासनमा प्रतिवेदन पेश गरेको थियो।

आज प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले धरौटीमा रिहा गर्न आदेश दिएको काठमाडौँ प्रहरी परिसरकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्।

तामाङलाई रिहालगत्तै पुनः पक्राउ परेर भक्तपुर प्रहरी परिसर पठाइँदैछ। डिएसपी चन्दका अनुसार त्यहाँ पनि तामाङविरुद्ध अभद्र व्यवहार र अपराधिक लाभको कसुरमा उजुरी दर्ता भएको छ।

‘यहाँ (काठमाडौँ)बाट अनुसन्धान सकेर रिहा गर्ने आदेश आइसक्यो’, उनले भनिन्, ‘तर पुनः पक्राउ गरेर भक्तपुर पठाउँदैछौं, त्यहाँ पनि उजुरी रहेछ।’

कुनै बेला म्युजिक भिडियो र चलचित्रमा राम्रो करिअर बनाउन खोजेकी तामाङ अहिले आफ्नै कारण अनेकौँ लफडामा परेकी छन्।

पछिल्लो समय उनी अभिनित चलचित्र ‘सुश्री’ प्रदर्शनमा आएको थियो। तर चलचित्र ‘फ्लप’ भएपछि उनी विदेश गइन्।

एक वर्षयता सामाजिक सञ्जालमा बेथितिविरुद्धको भिडियो बनाएर पोष्ट गर्दै आएकी उनी केही महिनायता भने अराजक बन्दै गएको टिप्पणी हुन थालेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.