अछाम फुपू-भदै मृत्यु प्रकरण: भिनाजु पक्राउ, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

dream cafe
learnar

अछाम : अछाम ढकारी–८ की सरस्वती खड्का र ईशरा खड्का मृत भेटिएको घटनामा संलग्न रहेको आशंकामा दुइजना पक्राउ परेका छन्।

पक्राउ पर्ने ढकारी गाउँपालिका–३ तालीका १७ वर्षीय चक्र बुढा र १५ वर्षीय कमल बुढा हुन्। उनीहरुलाई आइतवार बेलुकी प्रहरीले घरबाटै पक्राउ गरेको हो।

Amargadhi Education

‘अनुसन्धानका लागि दुईजनालाई पक्राउ गरेका छौँ, ‘अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ।’

पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय मंगलसेन ल्याइएको छ। मृतक किशोरी र पक्राउ परेकाहरु नाताले सालीभिना हुन्।

पारिवारीक स्रोतका अनुसार उनीहरु बिच फोनमा कुराकानी हुने गरेको थियो।

अजयमेरु फाैजी केरा

गत शुक्रबार बाख्रा चराउन जंगल गएकी १५ वर्षीया सरस्वती र १४ वर्षीया ईशरा शनिवार वडा नम्बर १ को शोडषा सामुदायीक वनमा मृत भेटिका थिए।

उनीहरु एकैघरका फूपु-भदै हुन्। दुबैजना स्थानीय विद्याप्रबोधनी माविमा कक्षा ८ मा अध्ययनरत छात्रा हुन्।

मृत भेटिएका उनीहरुको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ।

मृतकहरुको शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको छ।

आइतबार पोष्टमार्टमका लागि अछाम जिल्ला अस्पताल मंगलसेन ल्याइएपनि आफन्तको मागका आधारमा नेपालगञ्ज लगिएको हो।

अब पोष्टमार्टमको रिर्पोट आएपछि मात्र घटनाको थप तथ्य थाहा हुने भन्दै प्रहरी नायव उपरीक्षक भण्डारीले घटनाको अन्य ढंगले गरिने अनुसन्धान जारी रहेको बताए। यो घटनामा दुईथरी धारणा सार्वजनिक भइरहेका छन्।

स्थानीयले दुबैजना मृत भेटिनुले उनीहरुको हत्या नै भएको दाबी गर्दै आएका छन् भने घटनास्थलको प्रकृति हेर्दा ढुंगा खसेर ज्यान गएको हुनसक्ने समेत अर्कोथरीको अनुमान छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.