हिक्मत सिंह
सवारी दुर्घटनामा परि घाईते भएका गन्यापधुरा गाउँपालिका ३ सकायल डडेल्धुराका हर्केश बिष्टलाई डडेल्धुरा जेसीजले सहयोग गरेको छ । २०७९ असोज ७ गते कैलालीको अत्तरीया स्थित सवारी दुर्घटनामा परि घाईते भएका नेपाल प्रहरी प्रदेश कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दार बिष्टको टाउकोमा समस्या भएको छ ।
बिष्टको उपचारका लागी सहयोग पुगाउन डडेल्धुरा जेसीजले २० हजार ५५ रुपिया सहयोग उपलब्ध गराएको डडेलधुरा जेसीज वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थीले बताउनुभयो । घाईते बिष्टको दुबै ब्रेन गएको उहाँका श्रीमती निरुता बिष्टले बताउनुभयो । उहाँका अनुसार, दुर्घटना पश्चात १८ दिन निसर्ग हस्पिटल धनगढीमा उपचार गरेको बताउनुभयो । थप उपचारका लागी काठमाण्डौ स्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार गरेको बिष्टले बताउनुभयो । प्रहरी अस्पतालमा उपचार सम्भव नभएपछि हाल अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौमा उपचार भईरहेको निरुताले बताउनुभयो ।
उहाँले भन्नुभयो, नेपाल प्रहरीबाट हालसम्म ३ लाख २ हजार मात्र सहयोग भएको छ । श्रीमानको उपचारका लागी १५ लाख बढी खर्च भईसकेको बताउदै निरुताले भन्नुभयो, नेपाल सरकाले उपचार गरिदिनु पर्नेमा चन्दा उठाएर श्रीमानको उपचार गरिरहदा पिडा महशुस गरिरहेकी छु । अन्नपुर्ण अस्पतालमा ल्याएपछि स्वास्थ्यमा सुधार हुदै गएको उहाँले बताउनुभयो ।
नेपाल प्रहरी हस्पिटल काठमाण्डौका प्रमुख एआईजी आशा सिंहले उपचारमा वेमतलब गरेपछि अन्नपुर्ण न्युरोमा थप उपचार गरिरहेको गुनासो गर्दै उहाँले विभिन्न व्यक्ति र सस्थाबाट आर्थिक सहयोग मिलिरहेको समेत बताउनुभयो । डडेल्धुरा जेसीजले गरेको सहयोग प्रति खुसी व्यक्त गर्दै उहाँले जेसीजले मानवता देखाएको बताउनुभयो ।