कैलालीकि सरस्वती बाघको आक्रमणबाट घाइते, थिइन् छाउगोठमा सुतेकी

dream cafe
learnar

धनगढी : कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन्।

४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो।

GBL NEW

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ।

गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाइ छ।बिकलाई अहिले उपचारको लागि लम्की ल्याउने तयारी गरिएको अध्यक्ष उपाध्यायले जानकारी दिए।

उनको अवस्था भने खतरामुक्त रहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.