बोहरा मेडिको सेन्टर

अछाम फुपू-भदै मृत्यु प्रकरण : शव नेपालगन्जमा पोस्टमार्टम हुने

dream cafe
learnar

अछाम : जङ्गलमा मृत अवस्थामा भेटिएका दुई किशोरीको शव नेपालगन्जमा पोस्टमार्टम हुने भएको छ।

गोठालो गएका ढकारी गाउँपालिका–८ घोडासेनका सरस्वती र इशरा खड्का दुई किशोरीको शव पोस्टमार्टमका लागि नेपालगन्ज लाने तयारी प्रहरीले गरेको हो।

CNA

घटनास्थलकोे मुचुल्का बनाएर शव पोस्टमार्टमका लागि नेपालगञ्ज लैजान लागेको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

GBL NEW

घटना शङ्कास्पद भएको र राम्ररी परीक्षणपछि आशङ्का नहोस् भनेर प्रहरीले शव नेपालगन्ज लैजान लागेको हो।

घटनाका बारेमा अनुसन्धान भइरहेको तर अहिले नै यही हो भन्न नसकिने अछाम प्रहरी प्रमुखको भनाइ छ।

शुक्रबार दिउँसो गोठालो गएकी सरस्वती र इशरा खड्काको शव शनिबार साँझ भेटिएको थियो। उनीहरू नाताले फूपू-भदै पर्छछन्।

मृतक दुवै जना स्थानीय विद्याप्रबोधनी माविमा कक्षा ८ मा अध्ययरत थिए।

घटनाका बारेमा थप जानकारी लिन आइतबार बिहानै अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, प्रहरी प्रमुख भण्डारी र अन्य सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.