कैलालीमा कैंची प्रहार गरेेर दाइको हत्या, भाइ प्रहरी फन्दामा

dream cafe
learnar

डडेल्धुरा : कैलालीमा भाइले कैंची प्रहार गर्दा दाइको मृत्यु भएको छ।

शनिबार राति साढे १२ बजेतिर धनगढी उपमहानगरपालिका-१७ का ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैंची प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रवक्ता दर्शन खड्काले बताए।

GBL NEW

घाँटीमा कैंची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरको मिसन अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैंची प्रहार गरेको खुलेको छ।

प्रहरीले भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रवक्ता खड्काले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.