सुदूरपश्चिममा पुँजीगत खर्च ९.९७ प्रतिशत, मन्त्री भन्छन्- मूल कारण बजेट ढिलो आउनु

dream cafe
learnar

धनगढी  : यो आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले पुस मसान्तसम्म कुल बजेटको १४.८१ प्रतिशत खर्च गरेको छ।

प्रदेशमा पुँजीगततर्फ ९.९७ प्रतिशत र चालूतर्फ २१.९० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

GBL NEW

चालू आर्थिक वर्षका लागि ३१ अर्ब ३२ करोड ९८ लाख बजेट ल्याएको सरकारले ६ महिनामा चार अर्ब ६८ करोड ७० लाख रुपैयाँ खर्च गरेको हो।

कुल बजेटको चालूतर्फ १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक यज्ञराज पाण्डेयले जानकारी दिए।

बजेट पारित गर्ने वेला सरकार अल्पमतमा परेपछि चालू आर्थिक वर्ष सुरु भएको करिब दुई महिनापछि मात्र प्रदेश सभाबाट बजेट पारित भएको थियो।

तत्कालीन सरकारले गत १ असारमा प्रदेश सभामा बजेट पेस गरेको थियो। तर, केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि बजेट पारित नहुँदा प्रदेश सरकार पनि अल्पमतमा पर्‍यो।

कांग्रेस–एमालेको गठबन्धनअनुसार नयाँ सरकार गठन भएपछि ६ असोजमा बजेट पारित भएको थियो।

‘बजेट कार्यान्वयनमा ढिलाइ हुनुको मूल कारण बजेट ढिलो आउनुनै हो,’ आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले भने।

Ddl dental
Leave A Reply

Your email address will not be published.