बैतडीमा सार्वजनिक स्थानमा धुम्रपान गरे कारबाही हुने

dream cafe
learnar

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन र विक्रि वितरण नगर्न आग्रह गरेको छ।

स्थानीय प्रशासनले एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तीजन्य पदार्थको विक्रि वितरण तथा सेवन गरेमा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ अनुसार कारवाही हुने उल्लेख गरिएको छ।

Amargadhi Education

उक्त ऐनले सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, विमानस्थल, सार्वजनिक शौचालय, रंगशाला, धार्मिक स्थल, पार्क, प्रतिक्षालय लगायतका सार्वजनिक स्थलमा धुम्रपान र सूर्तीजन्य पदार्थको विक्रि वितरण र सेवनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

अजयमेरु फाैजी केरा

यस्तै स्वास्थ्य संस्था, शिक्षण संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र लगायतका सार्वजनिक स्थलबाट कम्तीमा एक सयमिटर भित्र रहेका पसलबाट त्यस्ता पदार्थहरुको विक्रि वितरण गर्न नहुने उल्लेख गरिएको छ।

यसो गरिएको पाइएमा कानुन अनुसार कारवाही हुने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

यस्तै १८ बर्ष पूरा नभएका व्यक्ति र गर्भवती महिलाहरुलाई सूर्तीजन्य पदार्थ तथा धुम्रपान विक्रि गर्न नहुने कुरा ऐनमा उल्लेख गरिएको छ।

ऐनको उक्त दफालाई पूर्ण रुपमा कार्यान्वयन गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.