साँफेबगर एमाले नगर कमिटी भीम रावलको अभियानमा समाहित

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमालेको अछामस्थित साँफेबगर नगरपालिकाको नगर कमिटी नेता डा. भीम रावलको मातृभूमि जागरण अभियानमा समाहित भएको छ।

शनिबार सो नगर कमिटी अभियानमा समाहित हुने निर्णय गरिएको हो।

GBL NEW

यस्तै सोही नगरपालिकाको वडा नम्बर ६ एमाले कमिटीका पदाधिकारी पनि अभियानमा लागेका छन्।

वलको उपस्थितिमा शनिबार अभियानको साँफेबगर तदर्थ नगर कमिटी गठन गरिएको छ। ढकेन्द्र कुँवरको संयोजकत्वमा तदर्थ कमिटी गठन गरिएको हो।

नेकपा एमालेबाट निष्कासनमा परेपछि डा. रावलले मातृभूमि जागरण अभियान थालेका छन्।

उनलाई एमालेबाट निकालिएसँगै सुदूरपश्चिमका जिल्लाहरूमा त्यसको प्रभाव परेको छ। अछाम सबैभन्दा धेरै प्रभावित भएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.