डडेल्धुराको अमरगढीमा भोलि सार्वजनिक बिदा

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ।

नगर स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

आइतबार अमरगढी नगरपालिकाले २९ औं दिवस मनाउने र उक्त दिन नगर मातहतका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय र शिक्षण संस्थाहरुमा बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनराज ओझाले बताए।

२०५३ साल माघ १३ गते अमरगढी नगरपालिकाको स्थापना भएको हो।

स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत ओझाले बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.