डडेल्धुरा जेसीजको नेतृत्वमा अवस्थी

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरा जेसीजले आईतबार १० औं पदस्थापन कार्यक्रम सम्पन्न गरि वर्ष २०२३ का लागि नयाँ नेतृत्व हस्तान्तरण गरेको छ।

वर्ष २०२२ का अध्यक्ष हिक्मतबहादुर सिंहले जेसीज चैन हस्तान्तरण गरेसंगै अवस्थीले अध्यक्षको जिम्मेवारी प्राप्त गरेका हुन्। डडेल्धुरा जेसीज वर्ष २०२३ को अध्यक्षमा भोजराज अवस्थीले पदभार ग्रहण गरेका छन्।

Ird

  यसअघि साधारणसभासंगै जेसीजको निर्वाचनबाट अध्यक्ष अवस्थीसहित कार्यकारी उपाध्यक्षमा जगतबहादुर ऐर र दिनेश पाण्डेय यसैगरि उपाध्यक्षमा सम्झना पाण्डेय, आकाश गुरुङ, सिन्धु बोहरा अवस्थी र केशवराज उप्रेती निर्विरोध निर्वाचित भएका निर्वाचन आयुक्त गोविन्दराज बोहराले जानकारी दिएका छन्।

HARDIK AGRo NEw

१०औ पदस्थापन कार्यक्रममा वर्ष २०२३ का लागि अध्यक्षले मनोनित गर्नुपर्ने ३ जना पदाधिकारीहरू कानुनी सल्लाहकारमा लक्ष्मी ऐर, महासचिवमा दिनेशप्रसाद पनेरु र कोषाध्यक्ष नरेश बिष्ट मनोनित भएसंगै डडेल्धुरा जेसीजले वर्ष २०२३को कमिटी पूर्ण भएको हो।

अध्यक्षिय सल्लाहकारमा मोहन देउवालाई मनोनित गरिएको छ भने शाखा सचिवमा आषिश बोहरालाई मनोनित गरिएको छ। यसैगरी पदस्थापनकार्यक्रमबाट विभिन्न समितिमा संयोजक मनोनित गरेको छ।

जसअनुसार तालिम संयोजक रमेश प्रसाद भट्ट, शाखा सम्पादक टिकाराम साउद, पर्यटन संयोजक दिपकराज भट्ट, जनसम्पर्क अधिकारी योगेन्द्र रावल, कोषवृद्धि संयोजक डम्बर पनेरु, खेलकुद संयोजक मनिस भण्डारी, यूवा संयोजक रोहित अवस्थी, प्रकरण निर्देशक महेश भट्ट, मिडिया संयोजक पुस्कर भण्डारी र निर्माण संयोजक ज्ञानसिंह बुढाऐर रहेका छन्।

पदस्थापन कार्यक्रममा सुदुरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशी प्रमुख अतिथी रहनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथी नवदुर्गा गाँउपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, अजयमेरु गाँउपालिका उपाध्यक्ष वसन्ती पाल रहनु भएको थियो।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधी, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुका साथै डडेल्धुरा जेसीजका पूर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो।

पदस्थापन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुको प्रतियोगितात्मक साँस्कृतिक प्रस्तुती समेत रहेको थियो।

प्रतियोगितामा ज्ञानोदय विद्या निकेतन प्रथम, माउन्टेन ईङ्लिस बोर्डिङ स्कुल द्वितिय, क्याम्ब्रिज पब्लिक स्कुल तृतिय र भगवती बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेका थिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.