डडेल्धुरामा पत्रकारिता क्षमता अभिवृद्धि तालिम सुरु

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा चारदिने पत्रकारिता क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। आफ्नो एफएम डडेल्धुराको आयोजनामा सोमबारदेखि तालिम सुरु भएको हो।

जिल्ला सदरमुकाममा सुरु भएको तालिमको जिल्ला समन्वय समिति डडेल्धुराकाका प्रमुख गगनसिंह भण्डारीले एक कार्यक्रमकाबीच उद्घाटन गरे।

Amargadhi Education

आफ्नो एफएम नेपालका संयोजक विजय मानन्धरले सञ्चार क्षेत्रमा काम गरिरहेका सञ्चारकर्मीको क्षमता विकास गर्न तालिमको आयोजना गरिएको बताए।

उनले पत्रकारिताको माध्यमबाट समाज रूपान्तरण गर्नका लागि २०६५ सालमा डडेल्धुरामा आफ्नो एफएम सञ्चालनमा ल्याएको स्मरण समेत गराए।

कार्यक्रममा रेडियो युनिटीका स्टेशन म्यानेजर उत्तर विष्टले सञ्चारकर्ममा चुनौती थपिँदै गएको बताए।

स्थानीय तहबाट पत्रकारिता क्षेत्रको वृद्धि विकासका लागि सोचेजस्तो सहयोग नभएको गुनासो गरे।

उनले स्थानीय तहमा अझै पनि सञ्चार कानुन नबनेको पनि बताए। पत्रकारिता विकासका लागि स्थानीय सरकारले अभिभावकको भूमिका निभाउनुपर्ने बताए।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले मिडिया क्षेत्र पछिल्लो समय आर्थिक रूपमा धरासायी बन्दै गएको बताए।

जिल्लामा रहेका पत्रकारहरूको क्षमता अभिवृद्धिको लागि स्थानीय सरकारले ध्यान नदिएको बताए।

अजयमेरु फाैजी केरा

पत्रकारिता पेशा निस्वार्थ सेवा भएको र पत्रकारितामा शुद्धीकरण आवश्यक रहेको पनि उनले बताए।

सबैले समन्वय बढाएर अघि बढेपछि मात्रै पत्रकारिता क्षेत्रको विकास हुने बताए।

तालिमकी मुख्य प्रशिक्षक विनु राईले रेडियोले समाज रूपान्तरमा महत्त्वपूर्ण भूमिका रहेको बताइन्।

अमरगढी नगरपालिका–७ का वडाध्यक्ष खडकसिंह बोहराले पत्रकारिता समाजको ऐना भएको बताए।

उनले स्थानीय सरकारले पत्रकारिता क्षेत्रमा सहयोग गर्ने मनसाय भएता पनि वडामा स्रोतसाधनको अभाव भएको रहेको बताए।

मिडियाले लेखेका र बोलेका कुरा समाजले सत्य ठान्ने भएकाले पत्रकारहरूले सत्य सूचना मात्र प्रवाह गर्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रमका प्रमुख अतिथि गगनसिंह भण्डारीले सोसल मिडियाले गर्दा पनि पत्रकारिता क्षेत्रलाई चुनौती थपेको बताए। नागरिकले विश्वसनीय पत्रकारको अपेक्षा गरेको उनको भनाइ थियो।

पत्रकारहरूले सत्यतथ्य सूचना प्रवाह गर्नुपर्ने र त्यसले मात्रै पत्रकारिताको विश्वसनीयता बढ्ने उनले बताए। पत्रकारहरूलाई आवाज विहीनहरूको आवाज बन्न पनि आग्रह गरे।

पत्रकारिता क्षेत्रको विकासका लागि आफूले समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जनाए।

माघ ३ गतेसम्म सञ्चालन हुने तालिममा १४ जनाको सहभागिता रहेको आफ्नो एफएम डडेल्धुराका स्टेशन म्यानेजर सागर ताम्राकारले जानकारी दिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.