CAMBRIDGE PUBLIC SCHOOL

उग्रतारा मन्दिरमा (देहीजाँत) मेला

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा रहेको प्रसिद्ध शत्तिपिठ उग्रतारा मन्दिरमा (देहीजाँत) बुधबार मेला सम्पन्न भएको छ । स्थानीय भाषामा देहिजाँतको रुपमा मानिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा भव्यताका साथ मेला लाग्ने गर्दछ ।


मंगलबार बेलुका देखी सुरु भएको मेला बुधबार बेलुकी सम्म गरी राती र दिउसो लाग्ने गर्दछ । जिल्ला तथा जिल्ला बाहिरकाबाट गरि १० हजार भन्दा दर्शनार्थीहरुले मेलाको अवलोकन गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेज बहादुर साँकीले बताउनुभयो ।
डडेल्धुरा सदरमुकामबाट ६ किलोमिटर टाढा अमरगढी नगरपालिका – ८ को दशरथचन्द राजमार्गसंगै रहेको महाशक्तिपिठ उग्रतारा भगवतीको मन्दिरमा बिहान देखि चारवटा चौलोको संगम पश्चात बिधिवत पूजा सम्पन्न गरि समापन गरिएको उग्रतारा मन्दिरका पुजारी कृष्णानन्द पाण्डेयले बताउनुभयो । जात्रामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला लगायत सिमावर्ती भारतको उत्तराखण्डबाट पनि दर्शनार्थीहरु आउने भएकोले प्रत्येक वर्ष भक्तजनको ठूलो भिडभाड हुने गरेको आरगढी नगरपालिका – ८ का वडा अध्यक्ष नर बहादुर साँकीले बताउनुभयो ।

किबंदन्ती अनुसार परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो । सो रगतलाई आफूले खानाको रुपमा खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा कार्तिक शुक्लपूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा रहि आएको स्थानिय छत्र प्रसाद जोशीले बताउनुभयो ।
देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने बिभिन्न दृश्यहरु, ईष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाँट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा प्रशस्त देख्न सकिन्छ । वर्षमा एक पटक लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ती, मनोकामना पूरा हुने जन विश्वास रही आएको छ ।

Leave A Reply

Your email address will not be published.