धरपकड गर्ने तयारीमा थिए सीडीओ, कार्यालय प्रमुखसँग केरकार

समाचार हटाउन धम्की

dream cafe
learnar

डडेल्धुरा: समाचार प्रकाशनको बिषयलाई लिएर सञ्चारकर्मीलाई पक्राउ गर्ने तयारीमा पुगेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने एकाएक पछि हटेका छन्।

सिमाना न्युज डटकममा मंगलबार डडेल्धुरामा सीडीओ न्यौपानेमाथि असुलीको आरोप, राज्यमन्त्री खड्कासँग कनेक्सन ! शिर्षकमा समाचार प्रकाशित भएपछि तत्काल जिल्ला प्रहरी कार्यालय डडेल्धुराको परिसरमा पुगेका प्रजिअ न्यौपानेले सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्कालाई टेलिफोन गरेर चरित्र हत्या गर्ने किसिमले समाचार प्रकाशित भएकाले उजुरी दिन आग्रह गरेका थिए।

Amargadhi Education

‘मन्त्रीज्यु दुई अक्षर लेखेर उजुरी दिनुपर्यो, गलत समाचार लेख्ने पत्रकारलाई तत्काल थुनेर कारवाही अघि बढाउँछु।’ प्रजिअ न्यौपानेले सो दिन गृहजिल्लामै रहेकी राज्यमन्त्री खड्कालाई आग्रह गरेका थिए।

अजयमेरु फाैजी केरा

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्षसमेत रहेका सिमाना न्युजका सम्पादक हिक्मतबहादुर सिंहलाई पक्राउ गरेर कानुनी कारवाही गर्ने तयारी भइरहेका बेला सञ्चारकर्मीहरुसँग प्रयाप्त प्रमाण रहेको थाहा पाएपछि पछि हटेका प्रजिअ न्यौपानेले राती अबेरसम्म जिल्ला प्रहरी परिसरबाटै टेलिफोन गरेर जिल्लास्थित कार्यालय प्रमुखहरुलाई टेलिफोन गरेर आमसञ्चारकर्मीलाई कसले कुरा पुगायो ? भनेर जानकारी लिनुका साथै केरकार गरेका थिए।

उनले प्रेस काउन्सिलसँग राय माग्नुका साथै समाचारको पोस्ट हटाउन सम्पादक सिंहलाई पटक पटक निर्देशन दिएका थिए।

रातभर छटपटिमा रहेका प्रजिअ न्यौपानेले बुधबार बिहान ९ बजे सिमाना न्युज डटकमलाई अत्यन्त जरुरी पत्र इमेलमा पठाउँदै समाचारको खण्डन गर्न र पोस्ट हटाउन लिखित निर्देशन दिएका छन्।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराको लेटरप्याडमा प्रमुख जिल्ला अधिकारी न्यौपानेले सिमाना न्यूज डटकम, डडेल्धुरालाई समाचार न्यूज पोर्टल/च्यानलबाट हटाउन गरिएको लिखित आदेश प्रति सिमाना न्युज डटकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.