डडेल्धुरामा सीडीओ न्याैपानेमाथि असुलीको आरोप, राज्यमन्त्री खड्कासँग कनेक्सन !

dream cafe
learnar

डडेल्धुरा :  झापाका चोमेन्द्र न्याैपाने डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन्।

गत वैशाखमा डडेल्धुराकाे प्रमुख जिल्ला अधिकारी बनेर पहिलोपटक  चोमेन्द्र डडेल्धुरा पुगेका थिए।

Ird

रवि लामिछाने गृहमन्त्री हुँदा रविले आफूलाई डडेल्धुरा पठाएको भन्ने उनी एक साता पनि डडेल्धुरा बस्न सकेनन्।

डडेल्धुराका तत्कालीन सीडीओ अञ्जन न्याैपानेका बुवाको निधन भएको माैका छोपेर डडेल्धुरा पुगेका उनी पुन: अञ्जन फर्किँदा डडेल्धुरा छोड्नु परेको थियोे।

तर, गृहमन्त्रालयले सीडीओ हेरफेर गर्दा पुन: दोस्रो पटक गत भदौमा चाेमेन्द्र डडेल्धुरा आइपुगे।

डडेल्धुरा पुगे लगत्तै डडेल्धुराका पत्रकार भेटेका उनले सरकारी कार्यालयबाट प्रदान हुने सेवा प्रवाह चुस्तदुरुस्त बनाउन भूमिका खेल्ने बताए।

त्यसपछि उनले डडेल्धुरास्थित सरकारी कार्यालयमा छड्के अनुगमन समेत गरे।

अनुगमनका क्रममा सरकारी कार्यालयका व्यवस्थापकीय र प्रशासनिक पक्षभन्दा पनि कार्यालयमा सरसफाइ भए नभएको हेरेपछि एक कार्यालय प्रमुखले ‘नयाँ जाेगीकाे बढ्ता खरानी घसाई’ भन्ने टिप्पणी गर्न  समेत भ्याएका थिए।

HARDIK AGRo NEw

गत मंसिरमा गृह मन्त्रालयले ७७ वटै जिल्लाको  तीन महिने कार्यसम्पादन मुल्यांकन सार्वजनिक गर्दा कार्यसम्पादन मूल्यांकनमा डडेल्धुरा जिल्ला प्रशासन  पहिलो बन्न सफल भएको थियोे।

तर, डडेल्धुरा जिल्ला प्रशासनलाई पहिलो बनाएका सीडीओ चाेमेन्द्रको विवादित गतिविधि बाहिरिदै छन्।

उनले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको नामबाट यहाँका कार्यालय तथा स्थानीय तहबाट पैसा असुली गरिरहेको बताइन्छ।

सीडीओ न्यौपानेले विभिन्न निहुँमा पैसा उठाउने गरेको स्थानीय तहका एक जनप्रतिनिधिले गुनासो गरे।

स्रोतका अनुसार उनले डडेल्धुरास्थित विभिन्न कार्यालयबाट दशै, तिहारमा समेत पैसा मागेको  बुझिएको छ।

डडेल्धुरास्थित एक कार्यालयका कर्मचारी भन्छन्,  ‘उहाँ सीडीओ (चाेमेन्द्र) ले राज्यमन्त्रीलाई यसरी नै हो सहयोग गर्ने भनेर असुली गर्नुहुन्छ। उहाँबाट कर्मचारी समेत वाक्कदिक्क भएका छन्।’

यश विषयमा सीडीओ न्याैपानेलाई फोन गर्दा उनले वाइयात कुरा नगर्नु भन्दै फोन राखे।

के भन्छिन् राज्यमन्त्री खड्का ?
सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का सीडीओ न्याैपानेले आफ्नो नाममा असुली गरिरहेको भन्ने विभिन्न ठाउँबाट सुनेको बताउँछिन्।

उनले विभिन्न व्यक्तिबाट सो कुरा आफूसम्म पुगेको र सीडीओसँग यसबारे बुझेको बताइन्।

आफ्नो नामबाट गलत भएको उनी बताउँछिन्। उनले सीडीओ चाेमेन्द्रलाई फटाहको संज्ञा समेत दिइन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.