हिक्मत सिंह
डडेल्धुरा, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले लोकतान्त्रिक गठबन्धन पछिसम्मको लागी गरिएको बताउनुभयो । संयुक्त लोकतान्त्रिक गठबन्धनद्धारा डडेल्धुराको अजयमेरु गाउँपालिकामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले तत्कालिन गठबन्धन देश राजनितिक दुर्घटनामा जानबाट बचाउन र देश विकास र समृद्धिक लागी पाँच दलिय गठबन्धन लामो समय रहने बताउनुभयो ।
केपी ओली नेतृत्वको सरकार असफल र अयोग्य रहेको बताउदै प्रधानमन्त्री देउवाले माधव जी, प्रचण्ड जी र मैले देशको संविधान बचाएको बताउनुभयो । देउवाले भन्नुभयो, हामीले संसद भंग हुनबाट रोक्यौ,संविधान मासिनबाट जोगायौ, गठबन्धन दिगो र बलियो हुनेछ । आफुसंग निरन्तर तीन पटक निर्वाचन लड्नु भएका नेकपा माओवादी केन्द्रका सुदुपश्चिम ईन्चार्ज खगराज भट्ट गठबन्धनबाट प्रदेश सभामा उम्मेदवार रहेको बताउदै देउवाले माओवादी, समाजवादी लगायतका दलसंगको गठबन्धन नटुट्ने बताउनुभयो ।
देश विकासका लागी सरकार स्थिर रहनुपर्ने बताउदै उहाँले भन्नुभयो, वर्तमान सरकाले देश र जनताको पक्षमा काम गर्नेमा विश्वास गर्नुहोला । गठबन्धन जति बलियो भयो त्यति सरकार बलियो हुने देउवाले बताउनुभयो ।