हिक्मत सिंह
डडेल्धुरा । नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री एवंम नेपाली काग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाले छिमेकी देश भारत र चिनसंगको सम्बन्ध राम्रो बनाउने बताउनुभयो । डडेल्धुराको अमरगढी नगरपालिकामा आयोजित संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वैदेशिक सम्बन्धमा सुधार गर्दै नेपालको लोकतन्त्रलाई अझ सुदृढीकरण गर्ने बताउनुभयो ।
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेको आरोप लगाउदै देउवाले भन्नुभयो, देशको स्वाभिमान बचाउन र संविधानको रक्ष ागर्न माधन नेपाल र प्रचण्ड जीले म कहाँ आएर तपाईले प्रधानमन्त्री भैदिनुप¥यो । पार्टीको विचार फरक फरक भएपनि राजनितिक मुद्धामा लोकतान्त्रिक गठबन्धन एक भएर अगाडी बढेको बताउदै प्रधानमन्त्री देउवाले भन्नुभयो, ओलीले संविधान मास्न खोजे हामीले रक्षा गरेका हौ । राजनितिमा स्थायी शत्रु नहुने बताउदै देउवाले माओवादी लगायतका दलसंग गठबन्धन गरि चुनावमा गएको बताउनुभयो । सुदुरपश्चिमको विकासका लागी अबको पाँचवर्ष धनगढी डडेल्धुरा ४ लेनको सडक निर्माण, पश्चिम सेती परियोजनाको काम सुरुवात, डडेल्धुरामा एयरपोर्ट निर्माण, डडेल्धुरा मेडिकल कलेज संचालन लगायत ग्रामिण सडकहरु कालोपत्रे गरिने आश्वासन दिनुभयो ।
प्रधानमन्त्री देउवा २० गते सम्मका लागी डडेल्धुराका सात वटै स्थानिय तहमा आयोजना गरिएका चुनावी आमसभा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको डडेल्धुरामा प्रदेश १ मा नेकपा माओवादी केन्द्रबाट खगराज भट्ट र प्रदेश सभा २ मा नेपाली काग्रेसबाट गोविन्द बोहरा उम्मेदवार रहनु भएको छ । कार्यक्रममा लोकतान्त्रीक गठबन्धनका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।