डोटी खोलामा दोहन रोकिएन, वडाका बेकामे पत्रैपत्र !

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको डोटी खोलामा ढुङ्गा, गिट्टी बालुुवाको निकासी र दोहन तिब्र भएको छ।

अमरगढी नगरपालिका-२/३ वडा भएर बग्ने खोलामा दोहन तिब्र भएको हो।

Amargadhi Education

निजी प्रयोजनका लागि खोलाबाट  ढुङ्गा, गिट्टी बालुवा निकाल्न पाइने भएतापनि व्यवसायीक प्रयोजनका लागि खोलामा दोहन भइरहेको हो।

खोला दोहनमा केही स्थानीय संलग्न रहेको बुझिएको छ। पटकपटक सरोकारवाला निकायलाई खबर गर्दा पनि दोहन नरोकिएको स्थानीय बताउँछन्।

स्थानीयका अनुसार खोलामा पसेर ट्याक्टरले धमाधम बालुवा बोकेपछि  केही समयअघि प्रहरीले  केही ट्याक्टर नियन्त्रणमा समेत लिएको थियो।

तर, त्यसपछि पनि  खोला दोहन रोकिएको छैन्। एक स्थानीय भन्छन्,‘ट्याक्टर नियन्त्रणमा लिएको थियो। तर, पनि दोहन रोकिएको छैन्। जनप्रतिनिधिदेखि प्रशासनसम्म सबैको मिलेमतो हो।’

वडाका बेकामे पत्रैपत्र
खोलामा तिब्र दोहन हुँदै गर्दा अमरगढी नगरपालिका-३ को वडा कार्यालय भने सूचना निकाल्नमा ब्यस्त छ।

सिमाना न्युजले वडाले उत्खनन रोक्न निकालेका तीनवटा पत्र प्राप्त गरेको छ।

अजयमेरु फाैजी केरा

२०७९ साउन २० गते वडाध्यक्ष तीर्थबहादुर ऐरले हस्ताक्षर गरेको सूचनामा वातावरणीय प्रभाव मूल्यांकन नभएकोले गिट्टी, बालुवा उत्खनन गरेर वडा बाहिर बिक्री वितरण नगर्न भनेको छ।

बिक्रीवितरण गरेको पाइए कानुनी कारबाही गर्ने भनेको वडाले २०८१ कार्तिक २ गते एक सूचना निकालेर कार्तिक  ४ गते आमसभा बोलाएको छ।

फेरी  २०८१ मंसिर ८ गते  घटाल क्षेत्रमा उत्खनन भएको भन्दै उत्खनन रोक्न सूचना जारी गरेको छ।

सूचनामा भनिएको छ, ‘अमरगढी नगरपालिका वडा नं ३ अन्तर्गत घटाल क्षेत्र आसपास मा विगतमा परेको अविरल वर्षाको कारण बाढी आई सो क्षेत्रको वारी पारी पर्ने जग्गा समेत कहानी गर्नुका साथै उक्त स्थानमा थुपारेको वालुवा स्थानीय व्यक्तिहरु बाटै निकाली बिक्रीवितरण गरिराखेको मा बालुवा उत्खनन गर्दा सत भन्दा मुनिबाट समेत वालुवा निकाली खोला गहिरो हुदै गएको। जसले गर्दा अगामी दिनमा आउने बाढीले वारी पारी पर्ने जग्गा झन कटानी हुनसक्ने भन्ने जनगुनासो यस वडा कार्यालयमा पटक पटक आइखेकाले सो सम्बन्धमा ५ दिन भित्रै आफूले थुपारेको बालुवा सुरक्षित स्थानमा सार्न हुनका साथै उक्त क्षेत्रमा जुनसुकै बेला पनि बालुवा उत्खनन गर्ने कार्य बन्द गराईने व्यहोरा सम्बन्धित सबैको जानकारी गराइन्छ।’

वडाले पटकपटक सूचना मात्रै निकाल्ने तर कारबाही नगर्ने गरेको भन्दै केही स्थानीय आक्रोशित छन्।

डोटी खोला अतिक्रमणको हामी नियमित फलोअप गर्नैछाैं

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.