बोहरा मेडिको सेन्टर

कञ्चनपुरको नक्कली बिहे प्रकरण : बुवा बनेका डडेल्धुराका अस्लम पक्राउ

dream cafe
learnar

डडेल्धुरा : अमेरिकाको भिसाको प्रलोभन देखाएर नक्कली विवाह गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ बस्ने ४२ वर्षीय बिरबहादुर ऐर (अस्लम) रहेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले जानकारी दिए।

CNA

ऐरलाई शनिबार डडेल्धुराबाट पक्राउ गरिएको डीएसपी जोशीले बताए।

ऐरले पेशाले इन्जिनियर र अमेरिकाको भिसा लागिसकेको भन्दै ठगेर कञ्चनपुरकी युवतीसँग बहुविवाह गरेका डडेल्धुराकै भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद मालीका नक्कली बुवा बनेर कुरा गरेका थिए।

GBL NEW

नक्कली बुवा बनेर युवतीको परिवारसँग टेलिफोनमा कुुराकानी गर्दै बहुविवाह गराउन भूमिका खेलेका कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यो घटनामा मध्यस्थकर्ताको भूमिका खेलेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामीलाई पनि प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

मालीले कञ्चनपुरकै ३१ वर्षीया युवतीलाई सामाजिक सञ्जालबाट प्रेममा पारेर पेशाले इन्जिनियर बताउँदै अमेरिकाको भिसा समेत लागिसकेको भनेर ढाटेर २२ मंसिरमा विवाह गरेका थिए।

तर पछि उनी इन्जिनियर नभएर गाडीका सहचालक भएको खुलेको थियो भने यसअघि नै विवाह गरेको पाइएको थियो।

कञ्चनपुर प्रहरीले उनलाई पक्राउ गरेर बहुविवाह मुद्दा चलाएको छ। धामी र ऐरलाई मतियार बनाएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.