अमरगढी स्तरीय राष्ट्रपति रनिङ सिल्डमा फर्जी खेलाडी : विद्यार्थीलाई कारबाही, विद्यालयलाई छुट !

dream cafe
learnar

डडेल्धुरा : अमरगढी स्तरीय ५औं राष्ट्रपति रनिङ सिल्ड बुधबारदेखि अमरगढी नगरपालिका-४ टुँडिखेलमा जारी छ।

प्रतियोगिताको नगरप्रमुख डिल्लीराज जोशीले एक कार्यक्रमका बीच  उद्घाटन गरेका थिए। रनिङ सिल्डमा विभिन्न विधाका खेलहरू सञ्चालन भइरहेका छन्।

Amargadhi Education

यसै खेलबाट नगरले जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डका लागि खेलाडी छनोट गर्ने छ। प्रतियोगितामा १२ वटा विद्यालयको सहभागीता रहेको छ।

‘राष्ट्रका लागि खेलकुद : सबैका लागि खेलकुद’ भन्ने नारा दिएर सञ्चालनमा रहेको प्रतियोगितामा सहभागी अधिकांश विद्यालय भने आयोजक प्रति रुष्ट छन्।

फितलो व्यवस्थापनका साथ धुलाम्मै मैदानमा विद्यार्थीको स्वास्थ जोखिममा राखेर सहभागीता जनाएका विद्यालय   फर्जी खेलाडी सम्मेलित विद्यालयसँग खेल खेलाएर पदक खोसिएको भन्दै झनै आक्रोशित छन्।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को पाँचौ संसोधनमा कक्षा १२ सम्म अध्ययनरत १८ वर्ष मुनिका खेलाडी समावेश गर्ने भनेर उल्लेख गरिएको छ।

तर, निर्देशिकालाई लत्याउँदै केही विद्यालयले भने उमेर बढी भएका खेलाडीलाई समेत सहभागी गराइएको पाइएको छ।

फर्जी विद्यार्थी सहभागी गराउने विद्यालयमा माउन्टेन मावि, ज्ञानोदय विद्या निकेतन र सहश्रलिङ मावि राई रहेको बुझिएको छ।

रनिङ सिल्डमा मापदण्डअनुसार विद्यार्थी सहभागी गराउनु विद्यालयको काम हो। तर, विद्यालयले नै गल्ती गरे।

अजयमेरु फाैजी केरा

पदक जित्न फर्जी विद्यार्थी हालेर सहभागी भएका विद्यालयलाई कारबाही गर्नुको साटो आयोजकले विद्यार्थीलाई कारबाही गरेको छ।

निर्देशिकामा मापदण्ड बाहिरका विद्यार्थी सहभागी गराए आयोजकले अनुशासनको कारबाही स्वरुप बाँकी अन्य खेलमा पनि सहभागी नगराउने उल्लेख छ।

तर, नगरपालिकाले भने मापदण्ड बिपरित कारबाही गरेको भन्दै केही विद्यालयले आपत्ति जनाएका छन्।

नाम उल्लेख नगर्ने सर्तमा एक विद्यालयका प्रअले भने, ‘काम काट्न खेल भइरहेका छन्। व्यवस्थापन शुन्य छ। हाम्रो विद्यालयले तिनै फर्जी विद्यालयका खेलाडीसँग खेल्यो। पछि मात्रै थाहा पाए। राम्रै स्थान आइरहेको थियो, त्यो पनि खोसियो।’

क्याम्ब्रिज पब्लिक स्कुलका प्रिन्सिपल हर्केश साँकीले विद्यालयलाई कारबाही गरिनुको साटो विद्यार्थीलाई कारबाही  गरिएको भन्दै असन्तुष्टि  जनाएका छन्।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘पाँचौ राष्ट्रपति रनिङ शिल्डमा विद्यालयहरूले  सहभागिता जनाए। विद्यार्थीको  रुचि र क्षमताका आधारमा उनीहरूको जन्मदर्ता प्रमाणपत्रका आधारमा खेलाडी छनौट गरे र पठाए। तर, नक्कली प्रमाणपत्रका आधारमा खेल्ने विद्यार्थीहरूलाई कारबाही गरियो। यो कति उपयुक्त तरिका हो, शिक्षा र संस्कार दिने विद्यालयलाई कारबाही गर्ने होइन र।  बालबालिका निर्दाेष छन गुरूले जे भन्छन त्याे गरे , अमरगढी ले कारबाही नै गर्ने हाे भने विद्यालयलाई हुनुपर्छ।  कति वर्ष बन्देज लगाउने वा मेडल खाेस्ने अब न्याय अमरगढी सरकारलाई, जय हाे सबैकाे राम्राले अवसर पाउँन बाँकीले सिकुन जय खेलकुद जय अनुशासन।’

के भन्छ आयोजक अमरगढी ?
अमरगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्त फर्जी खेलाडी सहभागी टोलीलाई कारबाही गरिएको बताउँछन्।

जुन विद्यामा फर्जी खेलाडी सहभागी छन् त्यो विद्याबाट टोलीलाई आउट गरिएको उनको भनाइ छ।

उनले प्रशासनिक कारबाही जुनसुकै हदसम्म गरिने समेत जिकिर गरे।

‘विद्यार्थीलाई भन्दा पनि पूरै विद्यालयलाई कारबाही गर्नुस् भन्ने माग छ। तर, छनोट प्रतियोगिता भएकोले योग्य बच्चा (खेलाडी) ले खेल्न पाउन भन्ने हो,’ उनले भने।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.