परशुराममा अनियमितताको गन्ध, चार संगठनले बुझाए विज्ञप्ति

dream cafe
learnar

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकाले सञ्चालन गरिरहेका विकास निर्माण एवं सुशासनका समस्याप्रति चार राजनीतिक दलले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

Amargadhi Education

नेकपा (एमाले) का नगर अध्यक्ष ओमप्रकाश जोशी, नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष शेरसिंह माल (डाइमण्ड), रास्वपाका नगर सभापति लालबहादुर थापा र राप्रपाका प्रदेश कमिटी सदस्य पदमराज जोशीले जारी गरेको विज्ञप्तिमा नगरपालिकाले निर्माण गरिरहेका विकास निर्माण एवं पालिकामा आन्तरिक खरिद प्रकृयामा समेत पारदर्शिताको कमी भएको उल्लेख छ।

अजयमेरु फाैजी केरा

उनीहरुले नगरपालिकामा भइरहेका फजुल खर्चहरु तत्काल रोक्न र राजनीतिक दल, व्यापारी, यातायात व्यवसायी, जनताप्रति नगरको हेर्ने दृष्टि तत्काल सुधार गर्न समेत माग गरेका छन्।

आफूहरूले दिएका सुझावको बेवास्ता गरेको खण्डमा थप संर्घषका कार्यक्रमहरू गर्न बाध्य हुनेसमेत उनीहरूले चेतावनी दिएका छन्।

परशुरामको नगर प्रमुखमा नेपाली कांग्रेसबाट भरत बडायर जोशी र उपप्रमुखमा माओवादी केन्द्रबाट विमलाकुमारी बोहरा विजयी भएका थिए।

 

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.