बोहरा मेडिको सेन्टर

डडेल्धुरामा फेला परेको चितुवा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पठाइयो [तस्बिरहरू]

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–१ ढुन्ढुने बजारबाट उद्धार गरिएको चितुवालाई कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पठाइएको छ।

डिभिजन वन कार्यालय डडेल्धुराले नियन्त्रणमा राखेको उक्त चितुवालाई प्राथमिक उपचार गरेर कञ्चनपुर पठाएको हो।

CNA

राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुर र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको उद्दार टोलीले चितुवाकाे प्राथमिक उपचार गरेर कञ्चनपुर पठाएको वन कार्यालयका सूचना अधिकारी रणेन्द्र सिंहले बताए।

वन कार्यालयमा राखिएको चितुवालाई डार्ट गरेर उपचार तथा व्यवस्थापनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरमा कार्यरत कर्मचारी र  कार्यालयका फरेष्टर ओमबहादुर साउँदमार्फत पठाइएको उनले बताए।

GBL NEW

Ddl dental
Leave A Reply

Your email address will not be published.